५. शिक्षामा पहुँच, गुणस्तर र समता प्राप्त गर्नका लागि सामुदायिक अध्ययन केन्द्रहरूलाई कार्यक्रम सञ्चालन र संयोजनको आधार बनाइनेछ ।
यस नीतिअन्तर्गत निम्नलिखित कार्यनीतिहरू अपनाइनेछ ः
♦ सामुदायिक अध्ययन केन्द्रहरू, गैरसरकारी संस्था, स्थानीय समूह, विद्यालय, स्थानीय निकाय र सरकारी संस्थाहरूले एकल वा संयुक्तरूपमा तोकिए बमोजिम सञ्चालन गर्न सक्नेछन् ।
♦ समुदायका आवश्यकताअनुसार शैक्षिकलगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
♦ समुदायका प्रौढ तथा युवा सदस्यहरूलाई आवश्यक पर्ने अन्य जीवनोपयोगी सीपलाई ध्यानमा राखी विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
♦ सामुदायिक विकास, उत्पादन वृद्धि र सांस्कृतिक संरक्षण तथा निरन्तर शिक्षाका लागि सामुदायिक अध्ययन केन्द्रलाई परिचालन गरिनेछ ।
रणनीति
माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ स्थानीय निकायले नयाँ क्षेत्रमा सामुदायिक अध्ययन केन्द्रको स्थापना गर्दा विशेष लक्षित समूहलाई ध्यान दिने ।
♦ सामुदायिक अध्ययन केन्द्रलाई सबै किसिमको अनौपचारिक शिक्षा विस्तारका लागि केन्द्रविन्दु बनाउने ।
♦ विभिन्न व्यक्ति, समूहलाई परिचालन गरी समुदायमा साक्षरता अभियान सञ्चालन गर्ने ।
♦ समूहमा आबद्ध महिलाहरूको निम्ति शिशुस्याहार केन्द्रको प्रबन्ध गर्ने ।
♦ समुदायको आवश्यकताअनुसार समूहको हितका लागि विभिन्न विकासात्मक कार्यहरू सञ्चालन गर्ने ।